९ किलो चरेशसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १६:१४
file-photo

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।

बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा चरेश भेटिएको प्रहरीले जनाएको छ ।

आरोपीहरुलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागि बरामद चरेशसहित जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।