मंगलबार सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७९ फाल्गुन ९, मंगलवार ११:१०
file-photo

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

यस्तै, आज तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।