५३ किलो गाँजासहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १६:४०
सांकेतिक तस्बिर

चितवन । प्रहरीले पूर्वी चितवनबाट सोमबार बिहान ५३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।