बागमतीका ८ लाख ३३ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर खोप
मकवानपुर । बागमती प्रदेशमा ८ लाख ३३ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिबारसम्म प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई उक्त रोग विरुद्धको खोप लगाएको हो ।
मन्त्रालयका अनुसार, प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको हो । फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालन गरेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताएका छन् ।
खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको हो । अभियान बाहे्क अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आइरहेको छ ।
