४ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १८:२७
सांकेतिक तस्वीर

काठमाडौं । देशका विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा गरी ४ जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार, आइतबार ललितपुरमा इँट्टाभट्टामा काम गर्ने एक मजदुर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पा रुम्दीगाढी गाउँपालिका ६ घर भएका धनबहादुर ओली रहेका छन् । उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।

त्यस्तै, रौतहटमा पनि एक महिला मृत फेला परेकी छन् । जिल्लाको चन्द्रपुर नगरपालिका ४ हातेमालो सामुदायिक जंगलमा सोही नगरपालिका ८ बस्ने २५ वर्षीया सीतादेव चौधरी मृत फेला परेकी हुन् । उता, इलाममा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको देउमाई नगरपालिका ७ नामथलाका ४६ वर्षीय पूर्णबहादुर तामाङ मृत फेला परेका हुन् ।

त्यसैगरी, धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय उत्तरबारी टोल बस्ने ३८ वर्षीय मतेश्वर साह पनि मृत अवस्थामा फेला परेका छन् । स्थानीय हनुमान मन्दिरको सार्वजििनक ढलानमा उनी मृत फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धानलाई अगाडि बढाएको बताएको छ ।