आईतबार बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

तु खबर संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १०:५४

काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ७०० र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ समेत बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।