जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ बजेदेखि बस्ने भएको हो ।
देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
फागुन २५ मा राष्ट्रपति र चैत्र ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।
साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरुसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ । विभिन्न पार्टीसँगके एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ ।
