भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन ६, शनिबार १०:१५
सांकेतिक तस्बिर

धनगढी । कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरेको छ ।

बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।