शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ ।
केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
साथै आज १३ वटै इन्डेक्स राताम्य छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन सूचकको १.९३ प्रतिशत र वित्त सूचकको १.५२ प्रतिशतले घटेको छ ।



