गाँजासहित तीन जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार ११:०८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ८ दारिमबासबाट लागूऔषध गाँजा ५ किलो ५७० ग्रामसहितन तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देश भारत बिहार थाना बेतिया ग्राम पर्बत पथराई ५ बस्ने वर्ष २५ को सम्सोदिन अंसारी, वर्ष ४५ को श्याम किशोर सिंङ र वर्ष १९ को दुर्लब कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आज बिहान शंकास्पद अवस्थामा हिडिरहेका उनीलाई रोकि चेकजाँच गर्ने क्रममा ज्याकेट भित्र पलाष्टिकले बेरि डोरिले बाधी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ गरेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।