मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरी बजारबाट २० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४३ वर्षीय जगत बहादुर ठोकर र सोही ठाउँ बस्ने ५१ वर्षीया सन्चरि माया स्याङबो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नाय उपरीक्षक कार्कीका अनुसार, शुक्रबार दिउँसो साढे ३ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई बजार गस्ति टोलिले चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा निजहरुले पछाडी भिर्ने झोलामा लुकाई ल्याएको उक्त गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
