भारतीय विदेश सचिव नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । उनी आगामी फागुन १ गते सोमबार नेपाल आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।
सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन ।
