बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

तु खबर संवाददाता
२०७९ माघ २६, बिहीबार १६:१८
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । बिहीबार अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठले प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आजै बसेको पहिलो बैठकलाई सम्बोधन गरेकोमा धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश प्रमुख शर्माले सम्बोधन गरेकोप्रति टेबुल गरेका थिए । साथै उक्त बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले धन्यावाद प्रस्तावको प्रस्तावक र समर्थनमा प्रदेशसभाका सदस्यले मधुसुधन पौडेलले बैठकमा पारित गर्न प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० सांसद रहेका छन् ।