मकवानपुरमा विषादी सेवनबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ २५, बुधबार १५:३७

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर २ खड्के बस्ने पोतेलाल वाईबाको विष सेवनबाट मृत्यु भएको छ । ६९ वर्षीय वाईबाको हाल नाम नखुलेको विषादी औषधी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गत माघ २३ गते सोमबार बेलुका आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी गम्भीर बिरामी भएका वाईबालाई उपचारको लागि मंगलबार साँझ साढे ६ बजेको समयमा हेटौंडा अस्पतालमा ल्याइएको थियो । हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएकोमा उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।