आगलागीमा परेर भण्डारीको मृत्यु
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ ठिन्केमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । स्थानीय लोकबहादुर भण्डारीको घर आगलागी हुँदा १६ वर्षकी वन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार, राति १२ बजेको समयमा घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो । आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको रातोपुलमा पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको रातोपुलमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ५५ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउनका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
