हेटौंडाबाट १५ किलो गाँजा बरामद

तु खबर संवाददाता
२०७९ माघ १८, बुधबार ०८:३८
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ठूलो बसपार्कबाट प्रहरीले अवैध गाँजा बरामद गरेको छ ।

सोमबार बसपार्कको पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा बेवारिसे अवस्थामा २ वटा जेब्रा झोलामा १५ किलो गाँजा बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, झोला भित्र तीन वटा पोकामा रहेको १५ किलो गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र गाँजा राख्नेको खोजी कार्यको साथै अनुसन्धान भइरहको छ ।