एसईईको समय तालिका सार्वजनिक, कति गते कुन विषयको परीक्षा ? (सूचीसहित)
काठमाडौंं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा तालिका सार्वजनिक गरी एसईई परीक्षा चैत्र १७ देखि २९ गतेसम्म संचालन हुने जानकारी गराएको हो । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार आगामी चैत्र १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ भने चैत्र १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

