हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडा मुनि रहेको खोलामा आज बिहान एक जनाको शव फेला परेको छ ।
बिहान साढे १० बजेको समयमा हाल नामथर वतन नखुलेको अन्दाजी ४५ वर्षीय एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
