चिया बगानमा युवक–युवती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ माघ १०, मंगलवार १०:२४
सांकेतिक तस्वीर

काठमाडौं । झापामा आज बिहान एक जना युवक र एक जना युवती मृत अवस्थामा फेला परेका छन् । बिहान जिल्लाको कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु एभरेष्ट चिया बगानमा मृत भेटिएका हुन् ।दुबै जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

युवक अन्धाजी २५ र युवती १८ वर्षकी रहेका छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।