हेटौंडामा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा यही माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
कविता प्रतियोगिता पशुपती मन्दिर हेटौंडा–४ मा माघ १६ गते ११ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ७ हजार ५०० रुपैयाँ, द्वितीयले ५ हजार ५०० रुपैयाँ, तृतीय ३ हजार ५०० रुपैयाँ र सान्त्वना दुई जनाले एक÷एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साहित्यलाई प्रतिस्पर्धाद्वारा प्रवर्द्वन गर्ने र सहिदको सम्मान र भूमिका स्थापित गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष सिग्देलको भनाई छ ।
कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुवास खनालले जानकारी दिए ।
