रत्नेश्वर वंश भट्टराई समाजको अध्यक्षमा पुनः वेदप्रसाद भट्टराई
मकवानपुर । रत्नेश्वर वंश भट्टराई समाज हेटौंडा मकवानपुरको अध्यक्षमा पुनः वेदप्रसाद भट्टराई चयन भएका छन् । समाजको हेटौंडा–६ शन्तिपार्क चौघडामा शनिबार भएको वार्षिक साधारण सभा तथा वन भोज कार्यक्रमबाट अध्यक्षमा तीन वर्षे कार्यकालका लागि पुनः भट्टराई चयन भएका हुन् ।
भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा बद्री भट्टराई, कोषाध्यक्षमा तेज प्रसाद भट्टराई, सचिवमा श्याम प्रसाद भट्टराई चयन भएका हुन् ।
यस्तै, समितिको सदस्यमा गिता न्यौपाने (भट्टराई), तारा भट्टराई, रेवती भट्टराई, सन्तोष भट्टराई र सिताराम भट्टराई चयन भएका छन् ।
त्यस्तै, संस्थाका उपाध्यक्ष बद्री भट्टराईको संयोजकत्वमा ३ सदस्यी ऋण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा गोपालचन्द्र भट्टराई र गोपालराज भट्टराई चयन भएका छन् ।
