जिप दुर्घटनामा परेर चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ८, आईतवार ०८:२४
File Photo

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बिहान साढे २ बजेको समयमा जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरु गम्भीर घाइते भएका थिए । घाइते उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, उक्र दुर्घटनामा परेर दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।