हेटौंडा–१३ मा माघ २५ गते लोछार सांस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ ठुलोथली ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । मुल समारोह समितिले आगामी माघ २५ गते विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
हेटौंडा–१३ ठुलोथलीमा ५ औं पटकको २८५९ औ सोनाम ल्होछार कार्यक्रमको तयारी तीव्र भइरहेको जनाएको छ ।
कार्यक्रमका मुल संयोजक संगीता वाईवाले कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर अगाडि बढेको बताए ।
कलाकार व्यवस्थापन संयोजकमा वुद्धी गोले,आर्थिक व्यवस्थापन संयोजकमा ध्यान बहादुर दोङ, स्वयमसेवक व्यवस्थापन संयोजकमा जनक गोले, बत्ती व्यवस्थापन संयोजकमा शंकर मोक्तान, पार्किङ व्यवस्थापन संयोजकमा प्रकाश दोङ,स्टल व्यवस्थापन संयोजकमा मदन कुमार बल रहेको उनले जानकारी दिए ।
कार्यक्रममा नेपालका चर्चीत राष्ट्रिय स्तरका कलाकारहरु प्रेम लोप्चन, जितु लोप्चन, प्रकाश तामाङ तितुङ, हेरुका लामा लगाएतका कलाकारहरुले प्रस्तुती दिने संयोजक वाईवाले बताए ।
कार्यक्रममा करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरीएको छ भने २ हजार दर्शकहरुले सहभागीता जनाउने अनुमान आयोजकले गरेको छ ।
विभिन्न संघसंस्था, समाज सेवी तथा आयोजक आफैले सहयोग गरेर कार्यक्रम गरिने जनाएको छ ।
कार्यक्रममा निःशुल्क प्रवेश रहेकोले सहभागी हुन दर्शकहरुलाई आग्रह गरिएको छ ।
