हेटौंडाका कार्की मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ माघ ७, शनिबार १०:३१
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरबडाँडास्थित एकतारे सामुदायिक वनमा शुक्रबार एक जना पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने अन्दाजी ३५ वर्षीय बसन्त बहादुर कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, शुक्रबार अपराह्न ४ बजेको समयमा रुखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।