मकवानपुर बालविद्या सदनको अभिभावक दिवस आजबाट सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपादिका वडा नम्वर १८ खड्कुलेस्थित मकवानपुर बालविद्या सदनको १६ औं अभिभावक दिवस आजबाट सुरु भएको छ ।
दुई दिनसम्म संचालन हुने कार्यक्रममा अभिभावक दिवसको अवसरमा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरिने भएको विद्यालयले जनाएको छ ।
अभिभावक दिवसको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले गरेकी हुन् ।
अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन तथा नाट्य कला प्रस्तुत गर्नेछन् । अभिभावक दिवसको पहिलो दिन आज शुक्रबार बाल साहित्यको विषयमा बालसाहित्य लेखिका आन्विका गिरीसँग विद्यार्थीले अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ ।
विद्यालयका प्रिन्सिपल सुदीप राज गिरीको अध्यक्षतामा अभिभावक दिवसको उद्घाटन कार्यक्रममा हेटौंडा –१७ नम्वर वडा सदस्य एवम् विद्यालयको शिक्षक अभिभावक संघका संयोजक कृष्ण प्रसाद अधिकारीको पनि सहभागिता रहेको थियो ।
