रक्तसञ्चार केन्द्र हेटौंडामा १४६२ पिन्ट रगत संकलन
मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडाले ६ महिनाको अवधिमा १ हजार ४६२ पिन्ट रगत संकलन गरेको छ । विभिन्न संघ, संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने व्यक्ति गरी उक्त रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा ४३ पटक रक्तदान कार्यक्रम विभिन्न संघ, संस्थाले आयोजना गरेका छन् ।
रक्तसञ्चार केन्द्र हेटौंडाले संकलन गरेको रगत हेटौंडामै रहेका स्वास्थ्य संस्थामा उपचार गराउने विरामी र छिमेकी जिल्ला चितवनमा रहेका अस्पतालमा उपचार गराउने विरामीका लागि उपयोग हुने गरेको छ ।
