१ लाख ४० हजार घुस रकमसहित ईन्जिनियर पक्राउ
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह घुर रकमसहित पक्राउ गरेका छन् । साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगले जनाएको छ ।
ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।
