मकवानपुरका सिंह उर्जा राज्यमन्त्रीमा नियुक्त

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार १७:०२

मकवानपुर । संघीय सरकारको उर्जा, जलस्रोत तथा सिचाईँ राज्यमन्त्रीमा मकवानपुरका दिपकबहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा ७६ को उपधार ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा सिंहलाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त उर्जा राज्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेको छन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा भएको एक समारोहमा प्रधानमन्त्री प्रचण्डले सिंहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सिंह गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत हुन् ।