भीरबाट लडेर वृद्धाको मृत्यु
पाल्पा । पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवीछहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको हो ।
मृतक बलालको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
