लुम्बिनीको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित
दाङ । लुम्बिनी प्रदेशसभाको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।
उपसभामुखका लागि भने तीन जनाको मनोनयन दर्ता भएको प्रदेस सभा सचिव दुर्लभ पुनले जानकारी दिए । उनका अनुसार, उपसभामुख पदका लागि नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले मनोनयन दर्ता गराएका हुन् ।
उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन् ।
त्यस्तै, उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको प्रस्तावकमा माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।
त्यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ । उनको प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी बसेका छन् ।
