जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी चयन

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १०:११

मकवानपुर । जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको २३ औं साधारणसभाबाट जेसीआई बसामाडीको वर्ष २०२३ का लागि अध्यक्षमा भण्डारी चयन भएका हुन् ।

वर्ष २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा उद्धवराज कठायत र मनिष घिमिरे, उपाध्यक्षमा रमेश शर्मा, जेपी यादव, परमेश्वर पौडेल र बासुदेब तिमल्सिना चयन भएका छन् ।

नवनिर्वाचित समितिले विभिन्न पदमा मनोनित गरी पदस्थापन गर्नेछ । साधारणसभामा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।