आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने

तु खबर संवाददाता
२०७९ पुष ३०, शनिबार १६:३९
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ ३ गते बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् ।

उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ ।

सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।