यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ पुष ३०, शनिबार ०८:४४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू–भागहरूमा हुस्सु–कुहिरो लागेको अवस्था छ ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।