लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री चयन हुँदै

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार ०९:०८

काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदैछन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् ।

लुम्बिनीमा केन्द्रको सहमति अनुसार, एमालेबाट आज संसदीय दलका नेता लिला गिरीले ५ वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ ।

यस्तै, आज कर्णाली प्रदेशमा पनि मुख्यमन्त्री चयन हुँदैछ । केन्द्रीय निर्णय अनुसार, कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बन्ने भएको छ । कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले ५ वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकर एक जना छन् ।

यस्तै, एमाले–माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशमा पनि पनि आजै मुख्यमन्त्री चयन हुँदैछ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ ।

केन्द्रीय सहमति अनुसार सुदुरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् । अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।