प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने

तु खबर संवाददाता
२०७९ पुष २६, मंगलवार १७:४२

काठमडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

प्रतिनिधिसभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् ।

उनले संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएका छन् ।