जसपाले तोक्यो संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी, बागमतीमा बज्राचार्य
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख संकलन गर्न जिम्मेवारी तोकेको छ ।
विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का, बागमती प्रदेशमा विद्युत बज्राचार्य, गण्डकी प्रदेशमा धनप्रसाद तामाङलाई जिम्मेवारी तोकेको हो ।
यसैगरी, लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर, राष्ट्रिय समितिमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनमा रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी, प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी तोकेको छ ।
पार्टीले आगामी चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तीब्रता दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
