गण्डकीको मुख्यमन्त्रीमा अधिकारी नियुक्त, शपथ आजै
कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गुरुङले सोमबार संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका थिए ।
केही समय अघिमात्र अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दावी गर्न पुगेका थिए । गण्डकी प्रदेशमा ६० जना प्रदेशसभा सदस्य रहेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री गुरुङलाई आजै शपथ खुवाउने जनाएको छ ।
