करेन्ट लागेर हेटौंडाका तामाङको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने १८ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार राति साढे ९ कजेको समयमा स्थानीय कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लागेर तामाङ गम्भीर घाईते भएका थिए ।
घाईते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा साढे १० बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक तामाङको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
