प्रदेश १ : एमालेका कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस
विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । प्रदेश १ मा नयाँ सरकार गठनको लागि नेकपा एमालेका हिक्मत कार्कीले ४ दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् ।
कार्कीले एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख खापुङलाई कार्की समक्ष संविधानको १७६ को उपधारा २ बमोजिम कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
