बस्तिपुर जेसिज हाडिखोलाको अध्यक्षमा प्रेम गोङ्बा

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार १६:११

मकवानपुर । बस्तिपुर जेसिज हाडिखोलाको वर्ष २०२३ को अध्यक्षमा प्रेम गाङ्बा चयन भएका छन् ।

शनिबार सम्पन्न १२ औं अधिवेशनबाट जेसीआई हाडिखोलाको अध्यक्षमा गोङ्बालाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

यस्तै, कार्यकारिणी उपाध्यक्षमा सन्तोष उप्रेती, कार्यकारिणी उपाध्यक्षमा शिवराज उप्रेती, सन्दीप पाठक, जेसी सुरज बर्तौला, राम गिरी, हरे हटुवाल चयन भएका छन् ।