लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने र नदिनेबारे छलफल र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।
लोसपाले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो ।
सरकारको विषयमा पनि कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवम् पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।
