राष्ट्रसेवक सहकारी संस्थाको २३ औं साधारणसभा

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १७:३०

मकवानपुर । राष्ट्रसेवक बहुउदेस्यीय सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

साधारणसभा सहकारीका अध्यक्ष यादविन्द्र पौडेलको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा प्रमुख अतिथि पौडेलले सहकारीहरुले रकम जम्मा गर्ने र ऋण परिचालन गर्ने मात्र नभइकन उद्योग खेलेर सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटा, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, केन्द्रीय सचिवालय सदस्य बिष्णु प्रसाद अर्याल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।