प्रचण्ड र बाबुरामबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १५:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा छलफल भएको छ ।