प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएको छ । बैठक संचालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार, बैठक बस्ने भएको हो ।
संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।
यस्तै, बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।
यस्तै, बैठकले माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय छ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार, आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
