पुस २७ गते सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १५:४३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक विदा दिएको छ । पुस १७ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पुस २७ मा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक विदा मनाउने निर्णय गरेको नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले जानकारी दिए ।

उनका अनुसार, उक्त दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।