राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १५:३०
file-photo

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।