सोलिड्यारिटीले ३० औं स्थापना दिवस मनायो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सोलिड्यारिटी इन्टरनेश्नल एकेडेमीले ३० औं स्थापना दिवस मनाएको छ । एकेडेमीले “समय सापेक्ष शिक्षा, सोलिड्यारिटीको प्रतिबद्वता” भन्ने मूल नारासहित बुधबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यमा भएको हो ।
स्थापना दिवसका दिन प्लेग्रुप र नर्सरीमा निशूल्क भर्ना अभियान सञ्चालन गरिएको थियो । विद्यालयकी प्रिन्सीपल रिना आचार्यका अनुसार भर्ना अभियानको पहिलो दिन २४ जना विद्यार्थी भर्ना भएका छन् ।
यस्तै, शैक्षिक सत्र २०७८ मा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । १ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको हो । विद्यालयमा १ हजार ५ सय जना विद्यार्थी अध्ययनरत् छन् ।
