लडेर एक जना महिलाको मृत्यु
जुम्ला । जुम्लामा लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–६ घोडेगाउँकी ३० वर्षीय रामपुरा रोकायाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न तिर गएको अवस्थामा लडेर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार दिउँसो ४ बजे त्यो घटना भएको हो ।
वनमा लडेर घाइते भएकी उनको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो । घाइते रोकायालाई डाक्टरले आज बिहान ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाइएको छ ।
