प्रधानमन्त्रीले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई बिहान ११सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव दिपेश पुनले जनाएको छ ।
अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको महासचिव पुनले बताए । उनका अनुसार, प्रधानमन्त्री प्रचण्डले पार्टी, सरकार र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन् ।
अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने बताइएको छ ।
