विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने जसपाको निर्णय

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार ०९:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जसपाका मूलभूत सिद्धान्तहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएमा सरकारमा सहभागी नहुने बताएको छ ।

यस्तै, पार्टीले एक सूचना जारी गर्दै धनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने जानकारी गराएको हो ।

साथै शक्ति बाँडफाँड सम्मानजनक नभएको अवस्थामा पनि सरकारमा सहभागी हुन नसकिने पार्टीले जानकारी दिएको छ ।